प्रतिनिधिसभामा ६ र प्रदेशसभामा ८ निर्माण व्यवसायी निर्वाचित

प्रतिनिधिसभामा ६ र प्रदेशसभामा ८ निर्माण व्यवसायी निर्वाचित



काठमाडौं । मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा प्रतिनिधिसभामा ६ र प्रदेशसभामा ८ जना निर्माण व्यवसायी निर्वाचित भएका छन् । विभिन्न राजनीतिक दलमा आबद्ध निर्माण व्यवसायी निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसबाट निर्वाचित हुनेहरुमा रामेछापबाट पूर्णबहादुर तामाङ, रसुवाबाट मोहन आचार्य, स्याङ्जा–१ बाट राजु थापा निर्वाचित भएका छन् भने एमालेबाट निर्वाचित निर्माण व्यवसायीहरुमा उदयपुर–२ बाट अम्बरबहादुर रायमाझी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट चितवन–३ बाट विक्रम पाण्डे र नेकपा समाजवादी (एस) बाट डोल्पाका धनबहादुर बुढामगर निर्वाचित भएका छन् ।

यसैगरी प्रदेशसभामा नेपाली कांग्रेसबाट नुवाकोट–२ (ख) का बहादुरसिंह लामा, मकवानपुर–२ (ख) बाट इन्द्रबहादुर बानियाँ, सिन्धुली–२ (क) बाट छत्रबहादुर बम्जन, सर्लाही–३ (क) बाट वीरेन्द्रप्रसाद सिंह, रौतहट–१ बाट नागेन्द्र साह निर्वाचित भएका छन् । सोलुखुम्बु–१ (ख) बाट बुद्धिकुमार राजभण्डारी, धनुषा–३ (ख) बाट दीपेन्द्रकुमार ठाकुर, दाङ–२ (क) बाट निर्वाचित बलिभद्र राना एमालेबाट निर्वाचित भएका हुन् ।