राष्ट्रिय पार्टी बन्यो सीके राउतको जनमत पार्टी

राष्ट्रिय पार्टी बन्यो सीके राउतको जनमत पार्टी

थ्रेस होल्ड कटाउने पार्टीको संख्या ७ पुगेको छ


ग्लोब नेपाल
783
Shares

काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टी राष्ट्रिय पार्टी बनेको छ । प्रत्यक्षमा एक सिट जितेको जनमतले समानुपातिकमा पनि ३ प्रतिशतको थ्रेस होल्ड कटाएको हो । समानुपातिक तर्फ कुल खसेको करिब १ करोड ९ लाख मतमध्ये हालसम्म गणना भएको ९७ लाख ७१ हजार ६५७ मतमै सीके राउतको पार्टीले ३ प्रतिशतको थ्रेस होल्ड कटाएको हो ।

थ्रेस होल्ड कटाउन सबै १ करोड ९ लाखको सबै सदर मत भए पनि सीके राउतको पार्टीले ३ लाख ३ हजार मत ल्याउनुपर्ने हो । तर, हालसम्मको गणनामै सो पार्टीले ३ लाख २९ हजार ८२८ मत कटाइसकेको छ ।

यससँगै थ्रेस होल्ड कटाउने पार्टीको संख्या ७ पुगेको छ । माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले भने अहिलेसम्म थ्रेस होल्ड कटाउने मत प्राप्त गर्न सकेको छैन । उसले २ लाख ७६ हजार ५४८ मत प्राप्त गरेकाे छ ।