सुनसरी-४ मा मतगणनालाई निरन्तरता दिने सहमति

सुनसरी-४ मा मतगणनालाई निरन्तरता दिने सहमति


ग्लोब नेपाल
100k
Shares

काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणनालाई निरन्तरता दिने सहमति भएको छ ।

यहाँ ३ दिनदेखि मतगणनाका क्रममा विवादपछि मतगणना स्थगित भएको थियाे । आज मंगलबार बिहान बसेको सर्वदलीय बैठकमा जुन ठाउँको मत गन्ने क्रममा विवाद भएको थियो त्यही ठाउँबाटै अगाडि बढाउने सहमति भएको हो । शंका लागेको ठाउँको सीसीटिभी फुटेज हेरेपछि मतगणनालाई निरन्तरता दिने सहमति भएको हो ।

सुनसरी–४ मा नेपाली कांग्रेस उम्मेदवार तथा सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियतबीच प्रतिस्पर्धा कडा भइरहेको छ । ६ सय ६ मत गडबड भएपछि कार्कीले पुनःमतगणनाको माग गर्दै आयोगमा निवेदन दिएका थिए ।

तर आयोगले भने पुनःमतगणना नगरी अहिलेसम्म गणना भएको बाहेक बाँकी मतगणना गर्न निर्देशन दिएकाे थियाे।सर्वदलीय बैठकमा सहमति भएसँगै मतगणना सुरू हुन लागेको छ ।