गठबन्धनका उम्मेदवार झन्डै दोब्बर मतले अगाडि

गठबन्धनका उम्मेदवार झन्डै दोब्बर मतले अगाडि


ग्लोब नेपाल
22.6k
Shares

काठमाडौं । मत गणना सुरु भएको दोलखा, स्याङ्जा र बाजुरामा गठबन्धनका उम्मेदवार झन्डै दोब्बर मतले अगाडि छन् । स्याङ्जा क्षेत्र नं. २ मा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका धनराज गुरुङ एमालेकी पदमा अर्याल भन्दा २ हजार ४ सय १८ मतले अगाडि छन् । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका गुरुङले ११ हजार ९ सय २० मत तथा एमालेका अर्यालले ९ हजार ५ सय दुई मत प्राप्त गरेका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार एक सय ९२ ल्याएर पछ्याइरहेका छन् ।

यता बाजुरामा ७ हजार ५१० मत गणना हुँदा नेपाली कांग्रेसका बद्री पाण्डेले ४ हजार दुई सय १४ र नेकपा एमालेका कर्ण थापाले तीन हजार ६६ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बोलाएको सर्वदलीय बैठकमा सहमति भएपछि हिजो साँझबाट त्यहाँ मत गन्न शुरु गरिएको हो ।

दोलखामा नेकपा माओवादी केन्द्रका गंगाबहादुर कार्कीले दोब्बर मतले अग्रता लिएका छन् । कार्कीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई १ हजार ७ सय ५४ मतले पछि पारेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म मा‌ओवादी केन्द्रका उम्मेदवार कार्कीले ३ हजार दुई सय २४ मत तथा एमालेका शिवाकोटीले १ हजार ४ सय ७० मत प्राप्त गरेका छन् । दोलखामा गएरातिबाट मत गणना सुरु भएको हो । दोलखाको २ वटा गाउँपालिकाको १० वटा मतदान केन्द्रमा हिजो पुनः मतदान भएपछि मतगणना सुरु भएको हो ।