काठमाडौँ । दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले पुन: अग्रता लिएका छन्। पछिल्लो मत परिणाम अनुसार प्रतिनिधि सभाका उम्मेदवार शिवाकोटीले ३३ हजार ९३९ मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगा कार्कीले ३३ हजार ९०९ मत पाएका हुन् ।
पछिल्लो समय शिवाकोटीले मतान्तर घटाउँदै लगेका थिए। एमालेका शिवाकोटी र माओवादी केन्द्रका कार्कीको मतान्तर ३० रहेको छ। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३५५० मत ल्याउँदा राप्रपाका विजय खड्काले १४९३ मत प्राप्त गरेका छन्। मतगणना जारी रहेको छ। अब विगु गाउँपालिका १ (लामावगर), शैलुङ गाउँपालिका १(दुधपोखरी), २ (भुषाफेदा,) मेलुङ गाउँपालिका १ (पवटी), गणना हुन बाँकी छ ।


प्रतिक्रिया