काठमाडौँ । दोलखाको एकमात्र प्रतिनिधिसभा सदस्यमा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । उनका निकटतम प्रतिद्धोन्दी नेकपा एमालेका उम्मेदवार वालकृष्ण शिवाकोटीलाई पराजित गर्दै कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
निकै रोचक देखिएको उनीहरुबीचको प्रतिस्पर्धामा झिनो मतान्तर देखिएको छ । कार्कीले ३६७९५ मत प्राप्त गर्दा शिवाकोटीले ३६४७७ मत ल्याए । दुईजना बीचको मतान्तर ३१८ रहेको छ ।


प्रतिक्रिया