मेगा बैंककाे पुस ७ मा वार्षिक साधारण सभा, ७‌.७९ लाभांश पारित हुने

मेगा बैंककाे पुस ७ मा वार्षिक साधारण सभा, ७‌.७९ लाभांश पारित हुने


ग्लोब नेपाल
81
Shares

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडकाे ७ पुसमा १२औं वार्षिक साधारण सभा गर्ने भएकाे छ । १४ मंसिरमा बसेकाे बैंक सञ्चालक समितिको ३७७औं बैठकको निर्णयअनुसार बिहान १० बजे राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सभा गर्न लागिएकाे हाे ।

सभामा आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन पारित गारिने छ । मेगा बैंकद्वारा प्रकाशित सूचनाअनुसार १ साउन ०७८ देखि  ३२ असार ०७९ सम्मको नाफा नोक्सान विवरण, अन्य विस्तृत आम्दानी विवरण, नगद प्रवाह विवरण, इक्विटी परिवर्तन विवरण, लेखा नीतिसम्बन्धी टिप्पणी विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

नगद लाभांशका लागि केन्द्रीय बैंकले एक करोड दुई लाख ४३ हजार २८० रुपैयाँ ३६ पैसा मेगा बैंकलाई स्वीकृत गरी यस वर्ष बैंकले हाल कायम चुक्तापूँजी १६ अर्ब १२ करोड ४ लाख ६१ हजारको ४ प्रतिशतले हुने बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक आपसमा गाँभिने (मर्जर) प्रकृयामा छन् । साधारणसभा प्रयोजनका लागि बैंकले २३ मंसिर एक दिन बुक क्लोज गरेको र सोको आधारमा २२ मंसिरसम्म कायम सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।