रेष्टुरेन्ट सञ्चालक खत्री जंगलमा मृत, स्कुटर गायब

रेष्टुरेन्ट सञ्चालक खत्री जंगलमा मृत, स्कुटर गायब


ग्लोब नेपाल
0
Shares

विराटनगर । मोरङमा एक रेष्टुरेन्ट सञ्चालक मृत भेटिएका छन् । कञ्चनवारीस्थित पिजफायर रेष्टुरेण्टका सञ्चालक मनोज खत्री जंगलमा मृत फेला परेका हुन् ।

उनी काम छ भन्दै घरबाट स्कुटीमा निस्किएका थिए । त्यसपछि बेपत्ता उनको शव घरबाट करिब ५० किलोमिटर उत्तरमा पर्ने केराबारी गाउँपालिकास्थित धारापानी जंगलमा भेटिएको हो । तर, उनले चढेको स्कुटर अहिलेसम्म फेला परेको छैन ।

उनले हत्या गरेको होकि आत्महत्या खुलेको छैन । प्रहरीले घटनाउपर अनुसन्धान थालेको छ । पिजफायर रेष्टुरेण्ट विराटनगरमा चर्चित छ । आफैं सेफ रहेका खत्रीले हालै गौल्छा चोकमा पिजफायरको शाखा खोलेका थिए ।