मैनारानी मन्दिर ओझेलमा (फोटोफिचर)

मैनारानी मन्दिर ओझेलमा (फोटोफिचर)


ग्लोब नेपाल
1.2k
Shares

कटारी । उदयपुर जिल्लाको बेलका नगरपालिका–७, मैनामैनी हाङमाचोङमा रहेको पर्यटकीय र धार्मिक महत्व बोकेको मैनारानी मन्दिर प्रचारप्रसारको अभावले ओझेलमा परेको छ । विशेष गरी किराँत समुदायसँग जोडिएको यो मन्दिर ऐतिहासिक र धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

सुनसरीको चतराबाट झन्डै १२ किलोमिटर कच्ची सडक हिडेपछि उक्त स्थानमा पुगिन्छ । यहाँ भग्नावशेष दरबार, शिवको भव्य मन्दिर र किराती राजा यलम्बरकाे शालिक देख्न सकिन्छ । आजकै दिन मंसिर पूर्णिमा र बैशाख पूर्णिमामा भव्य मेला लाग्ने यो स्थानकाे वरिपर दरबारको भग्नावेश लथालिङ अवस्थामा छ । पुरातात्विक महत्व बोकेको यो मन्दिरको अध्ययन अनुसन्धान र जिर्णोद्वार हुन जरुरी छ ।

बेलका नगरपालिकाको वडा नं. ७ मा पर्ने मैनारानी मन्दिर र दरबारको संरक्षण गर्न सके आन्तरिक पर्यटकको विशेष आकर्षण बन्न सक्छ । उक्त क्षेत्रलाई ग्लोब नेपालले क्यामरामा कैद गरेको तस्बिर हेरौं–