कांग्रेस नेता निधि र स्वीस राजदूतबीच भेटवार्ता

कांग्रेस नेता निधि र स्वीस राजदूतबीच भेटवार्ता


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भन क्यापिलरबीच भेटवार्ता भएको छ । निधि निवास बानेश्वरमा बिहीवार बिहान भएको भेटमा भर्खरै सम्पन्न निर्वाचन, संविधान कार्यान्वयनको अवस्था लगायतका विषयमा कुराकानी भएको थियो ।

स्वीस राजदूत एलिजाबेथले नेपालको संघीय प्रणाली र संविधानको सफल कार्यान्वयनका लागि सहयोग गर्न स्वीस सरकार सधैं तयार रहेको निधिको सचिवालयले जनायो । कांग्रेस नेता निधिले संघीयता र नेपालको विकासमा स्वीस सरकारले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।

भेटमा स्वीस राजदूतले नेपालमा कृषि, जलविद्युतको क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ता आउन तयार भएको तर त्यसका लागि लगानीमैत्री वातावरण बनाउनु पर्नेमा जोड दिइन् । निधिले अल्पविकसितको सूचीबाट माथि जाने तयारीमा रहेको नेपालको विकास निर्माणमा स्वीस सरकारको सहयोगका लागि आग्रह गरेका थिए ।