स्कटल्याण्डसँग नेपालको लज्जास्पद हार

स्कटल्याण्डसँग नेपालको लज्जास्पद हार

नामिबिया भ्रमणमा नेपाललाई १ अंक


ग्लोब नेपाल
351
Shares

काठमाडाैं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले ४ खेल खेल्दा जम्मा १ अंक बटुलेको छ । पहिलो खेल नामेवियाविरुद्ध वर्षाका कारण रद्द हुँदा १ अंक लिएको नेपालले त्यसपछिका सवै खेल गुमाउन पुग्यो ।

७ टिमले लिग टू खेलिरहेकोमा नेपाल २४ खेलबाट १८ अंक बनाउँदै तालिकाको छैटौं स्थानमा रहेको छ । नेपाल भन्दा तल पपुवा न्युगिनी रहेको छ । उता नेपालविरुद्ध जित निकालेको स्कटल्याण्ड भने ४६ अंकका साथ शीर्ष स्थानमा रहेको छ । स्कटल्याण्डले अहिलेसम्म ३२ खेल खेलेको छ ।

आज भएको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको छ । नेपालले बलियो स्कटल्याण्डलाई जम्मा १२० रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य स्कटल्याण्डले १६.५ ओभरमा २ विकेट गुमाएर पूरा गरेको छ । टिमलाई जिताउन जर्ज मुन्सीले ४५ रन बनाउँदा क्रिष्टफर म्याकब्रिजले ४६ रनको नटआउट पारि खेल्दा रिचे बेरिङटनले १२ रनको नटआउट पारि खेले । यसैगरी केइल कोट्जरले १६ रन बनाएका थिए । नेपालका दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले एक एक विकेट लिए ।

टस जितेर ब्याटिङ रोजेको नेपाल ३५.३ ओभरमा ११९ रनमा अलआउट भयो । कुशल भुर्तेललाई बेन्चमा राखेर हरिशंकर साहलाई राखिएको टिमका कुनै पनि सदस्यले अपेक्षाअनुसारको ब्याटिङ गर्न सकेनन् । नेपालले ओपनरहरु अर्जुन साउद (०) र आसिफ शेख (१)लाई सुरुवाती चार ओभरभित्रै गुमाइसकेको थियो । तेस्रो तेस्रो नम्बरमा आएका ज्ञानेन्द्र मल्लले पनि ९ रनमात्र बनाउन सके ।

चौथो विकेटका लागि कप्तान रोहितकुमार पौडेलले र दीपेन्द्रसिंह ऐरीले ४३ रनको साझेदारी गरेको थिए । दीपेन्द्र १४ रनमा आउट भए । कप्तान रोहित ४७ रन बनाएर क्याचआउट भए । रोहितले ५७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । यो नेपाली ब्याटरले यो इनिङमा बनाएको सर्बाधिक रनस्कोर हो । नेपालका आरिफ शेख ६, हरिशंकर साह १ र गुल्सन झा ५ रनमा आउट भएका थिए । अन्तिमक्रममा ब्याटिङ गरेका सोमपाल कामीले १६ र ललितनारायण राजवंशीले ११ रन बनाए ।

बलिङमा स्कटल्याण्डका ब्रेन्डन म्यामकुलेन, मार्क वाट र सफयान सरिफले २–२ विकेट लिए । लिग टू को यो शृंखलामा नेपालको प्रदर्शन निकै खराव रह्यो । नामिवियासँगको पहिलो खेल वर्षाका कारण रद्ध भएपछि दुवैले अंकबाँडेका थिए । नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग ३ विकेट र आफ्नो तेस्रो खेलमा बुधबार नामिवियासँग ८६ रनको हार ब्यहोरेको थियो ।