मोरङ र सुनसरीबाट ६ जना थारु निर्वाचित

मोरङ र सुनसरीबाट ६ जना थारु निर्वाचित


ग्लोब नेपाल
1.9k
Shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा मोरङ र सुनसरी जिल्लाबाट ६ जना थारु समुदायको प्रतिनिधित्व हुने भएको छ । प्रतिनिधित्व प्रतिनिधिसभामा नेकपा एमालेबाट भगवती चौधरी, नेकपा माओवादी केन्द्रका अमनलाल मोदी र स्वतन्त्र पार्टीबाट अशोककुमार चौधरी निर्वाचित भएका हुन् । प्रदेशसभामा नेपाली कांग्रेसकी सुनिता गच्छेदार, ललिताकुमार चौधरी, जयप्रकाश चौधरी निर्वाचित भएका छन् ।

सुनसरी–३ बाट भगवतीले ४० हजार ७ सय ८८ मत ल्याएर निर्वाचित भएकी हुन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता विजयकुमार गच्छदार थिए । मोरङ–४ बाट निर्वाचित अमनलाल ३० हजार ६ सय १२ मत ल्याएर निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका विनोद ढकाललाई पराजित गरेका हुन् । यसैगरी थारु कोटाबाट प्रतिनिधिसभामा निर्वाचित भएका अशोककुमार चौधरी सुनसरीका हुन् । उनी थारु कल्याणकारी कोषका जिल्ला सचिवसमेत हुन् ।

प्रदेशसभामा पनि ती नेपाली कांग्रेसकी सुनिता गच्छेदार, नेकपा एमालेकी ललिता चौधरी र जयप्रकाश चौधरी तथा स्वतन्त्र पार्टीका निर्वाचित हुनुभएका सन्तोष चौधरी निर्वाचित भएका छन् । जयप्रकाश मोरङ–४ (१) बाट निर्वाचित भएका हुन् भने ललिता र सुनिता समानुपातिकबाट निर्वाचित भएका हुन् ।