काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद्को बैठक डाकेका छन् । ३ बजे बसेको बैठकले मन्त्रालयका नियमित प्रस्तावसँगै केही महत्त्वपूर्ण विषयमा निर्णय गर्न सक्ने बताइएकाे छ ।
मन्त्रिपरिषद्काे नियमित बैठक भोलि हो । विकसित राजनीतिक घटनाक्रमलाई लिएर केही राजनीतिक विषयमा अध्यादेश आउन सक्ने बताइएकाे छ । समाचार स्रोतका अनुसार प्रहरीतर्फ ३० वर्ष सेवा अवधि हटाउने बारे पनि व्यापक दौडधुप भई रहेको छ । गृहबाट उठेको फाइल अर्थमा पुगिसकेकाे छ ।


प्रतिक्रिया