ओली र अर्जुननरसिंहबीच बालकोटमा छलफल

ओली र अर्जुननरसिंहबीच बालकोटमा छलफल


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्। ओली निवास बालकोटमा आइतबार बेलुकी केसी र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको हो।

उनीहरूबीच करिब दुई घन्टा कुराकानी भएको केसीको सचिवालयले जानकारी दिएको छ। भेटवार्तामा ओलीले नयाँ सरकार गठनबारे चासो राखेका थिए। ओलीको निमन्त्रणामा केसी बालकोट पुगेका थिए।

भेटमा चुच्चे नक्सा अनुसारको भूगोल नेपालको हुनुपर्ने भारतीय पक्षसँग वार्ता गर्न दलहरू एकमत हुने विषयमा छलफल भएको थियो । भ्रष्टाचारविरुद्ध एक भई लड्ने प्रतिबद्धता समेत दुई नेताले जनाएका थिए । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको सन्दर्भमा नेपालमा मूल्य घटाउन सत्तापक्ष र प्रतिपक्षको एउटै आवाज हुनुपर्ने दुई नेताको जोड रहेको थियो ।