डाेल्पा । डाेल्पाकाे जगदुल्ला गाउँपालिकामा भएको झडपमा नाै जना घाइते भएका छन् । गाउँपालिकाकाे वडा नम्बर ३ मा पर्ने थापा गाउँमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीच झडप हुँदा दुबै पक्षका गरेर नाै जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयकाअनुसार गएराति ९ बजे झडप हुँदा एमालेका चार र माओवादी केन्द्रका पाँचजना घाइते भएका छन् । घटना हिजाेकाे भए पनि साेमबार बिहानमात्रै जानकारी आएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा जगदुल्ला-३ का एमाले समर्थक जालपा बाेहाेरा, भद्र बाेहाेरा, कृष्णजंग बाेहाेरा, शान्ता बाेहाेरा र माओवादी समर्थक साेही वडाकै बिर्ख बाेहाेरा, लक्ष्मण बाेहाेरा, गाेरसिँह बाेहाेरा, पबिन्द्र बाेहाेरा र जगत बाेहाेरा रहेका जिल्ला प्रहरी कार्यालय डाेल्पाका प्रहरी नायव उपरिक्षक निरञ्जन थापाले जानकारी दिए ।
मादक पदार्थ सेवन गरेर झडप भएकाे र एमाले समर्थक चारजनालाई हेलिकप्टर चार्टर गरेर उपचारका लागि काठमाडौँ ल्याइएको उनले बताए । त्यसैगरी सामान्य घाइते भएका ५ जना स्थानीय स्वास्थ्य चाैकीमा उपचार गरेर घर फर्किएका छन्।
उपचारका लागि काठमाडौँ ल्याइएका चारजनाकाे स्वास्थ्य अवस्था खतरामुक्त रहेकाे बताइएको छ । सामान्य कुरामा बिबाद पछि दोहोरो झडप भएर हात हालाहाल भएको र एक पक्षले अर्को पक्षलाई ढुङ्गा प्रहार गरी घाइते बनाएको पीडितले जनाएका छन् । घाइते अधिकांशकाे टाउकोमा चोट लागेको छ ।
प्रतिक्रिया