अमेरिकामा समलैङ्गिक विवाहलाई मान्यता दिनेगरी ल्याइएको विधेयक लागू

अमेरिकामा समलैङ्गिक विवाहलाई मान्यता दिनेगरी ल्याइएको विधेयक लागू


ग्लोब नेपाल
108
Shares

अमेरिकी । अमेरिकी राष्ट्रपति जो बाइडनले समलैङ्गिक विवाहलाई मान्यता दिनेगरीको विधेयकमाथि हस्ताक्षर गरेका छन् । गत शुक्रवार अमेरिकी संसदको प्रतिनिधि सभाले समलैङ्गिक विवाहलाई मान्यता दिनेगरीको विधेयक पारित गरेको थियो । अमेरिकी संसदको उच्च सदन सीनेटमा पारित भइसकेको विधेयक, राष्ट्रपति बाइडनले हस्ताक्षर गरेसँगै लागू हुने भएको छ । अब अमेरिकामा पनि समलैङ्गिक विवाह र फरकफरक यौनिक पहिचान भएका नागरिकबीचको विवाहले कानूनी मान्यता पाउने छ ।