काठमाडौं । महाअभियोग लागेर भर्खरै अवकास पाएका निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई क्लिन चिट दिने संघीय संसद सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन् । उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै उनले राजीनामा दिएका हुन् । उनको राजीनामालाई प्रधानन्यायाधीश राणासँग जोडेर हेरिए पनि घरायसी कामका कारणले राजीनामा दिएको सचिव घिमिरेले स्पष्ट पारेका छन् ।
घिमिरे संघीय संसद् सचिवालयको प्रशासन महाशाखा प्रमुख थिए । घिमिरेले मङ्गलवार सचिवालयका महासचिव भरतराज गौतमसमक्ष राजीनामा दिएका थिए । बुधबार नै उनको राजीनामा स्वीकृत भएको हो ।
समिति सचिवालयका अनुसार बुधबार राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा बसेको संसद सचिवालय व्यवस्थापन समितिको बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो ।
प्रतिक्रिया