कांग्रेस सांसदहरुको पहिलो भेला आज ३ बजे बालुवाटारमा

कांग्रेस सांसदहरुको पहिलो भेला आज ३ बजे बालुवाटारमा


ग्लोब नेपाल
1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सांसदहरुको पहिलो भेला आज दिउँसो ३ बजे बालुवाटारमा हुने भएको छ । समानुपातिकको समेत अन्तिम निर्वाचनको परिणाम आइसकेपछि प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शनिबार पहिलोपटक सबै सांसदको भेला बोलाएका हुन् ।

दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको भेलामा नवनिर्वाचित सांसदलाई बधाई आदानप्रदान र संसदीय दलको निर्वाचनलगायतका विषयमा छलफल हुने ओखलढुंगाबाट नवनिर्वाचित सांसद रामहरि खतिवडाले जानकारी दिए ।

यसैबीच, कांग्रेसले पुस पहिलो साता संसदीय दलको नेता चयन गर्ने भएको छ  । पुस ३ गते समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरेपछि संसदीय दलको नेता चयन गर्ने कांग्रेसको तयारी छ  ।