मोरक्कोका खेलाडीलाई स्वदेशमा राजकीय सम्मान

मोरक्कोका खेलाडीलाई स्वदेशमा राजकीय सम्मान


ग्लोब नेपाल
108
Shares

कतारमा हालै सम्पन्न विश्वकप फुटबल २०२२ मा चौथो स्थान हासिल गरेको मोरक्कोलाई स्वदेशमा राजकीय सम्मान गरिएको छ । हजारौं दर्शकका माझ विश्वकपमा सेमिफाइनल सम्मको यात्रा तय गरेको टोलीका सदस्य र प्रशिक्षकलाई त्यहाँका राजाले राजप्रसादमा भव्य राजकीय स्वागत गर्नुभएको हो ।

अफ्रिका महादेशबाट र सिंगो अरब क्षेत्रबाट नै पहिलो पटक मोरक्कोले विश्वकपमा सेमिफाइनलको यात्रा तय गरेको थियो । अपराजित रहँदै अन्तिम चारसम्म पुगेको मोरक्को सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो ।

तेस्रो स्थानका लागि भएको खेलमा भने क्रोयशियासँग पराजित भएको थियो । राबाटस्थित राजप्रासादमा आयोजित भव्य समारोहमा त्यहाँका राजा मोहम्मद छैठौंले सम्मान अर्पण गर्नुभएको हो । कतारबाट घर फर्किएको मोरक्कोको टोलीलाई हजारौं घरेलु समर्थकले पनि सम्मान व्यक्त गरेका छन् ।