प्रधानमन्त्री प्रचण्डले राखे १८ मन्त्रालय

प्रधानमन्त्री प्रचण्डले राखे १८ मन्त्रालय


ग्लोब नेपाल
729
Shares

काठमाडाैं । नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो मातहतमा १८ वटा मन्त्रालय राखेका छन् । उनले राखेका मन्त्रालयहरूमा रक्षा ,सङ्घीय मामिला तथा सामान्य प्रशासन,कृषि तथा पशुपंक्षी विकास, वन तथा वातावरण ,सञ्चार तथा सूचना प्रविधि,कानुन, न्याय तथा संसदीय मामिला, ऊर्जा, जलस्रोत तथा सिँचाई, खानेपानी, परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति, शिक्षा, विज्ञान तथा प्रविधि, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन,सहरी विकास, स्वास्थ्य तथा जनसङ्‌ख्या, श्रम, रोजगार तथा सामाजिक सुरक्षा छन् । प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद् विस्तार भएपछि आफु मातहतका मन्त्रालयको जिम्मेवारी सत्ता गठबन्धन दलहरुलाई दिनेछन् ।

आज प्रचण्डसँगै सात जना मन्त्रीले शपथ ग्रहण गरेका छन् । शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष उनीहरूले शपथ लिएका हुन् । विष्णु पौडेलले उपप्रधान तथा अर्थ, नारायणकाजी श्रेष्ठले उपप्रधान तथा भौतिक पूर्वाधार, रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको रुपमा शपथ लिएका हुन् । ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खानले पनि मन्त्रीको शपथ लिएका छन् । तर उनीहरूको मन्त्रालय तोकिएको छैन ।