काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश समितिले मकवानपुर जिल्ला उपसभापति टाँकाराज थापा (सुरेश) लाई पदमुक्त गरेको छ।
प्रदेश समितिको २०८३ मङ्सिर १० गतेको निर्णयअनुसार थापालाई मकवानपुर जिल्ला उपसभापतिको जिम्मेवारीबाट मुक्त गरिएको हो ।
मकवानपुर जिल्ला समितिबाट प्राप्त प्रतिवेदन तथा प्रदेश समितिअन्तर्गतको छानबिन समितिले सिफारिस गरेको प्रतिवेदनमाथि प्रदेश समितिको पूर्ण बैठकमा छलफल गरी सर्वसम्मत रूपमा थापालाई पद मुक्त गर्ने निर्णय गरिएको पत्रमा उल्लेख छ।
प्रदेश समितिले उक्त निर्णयको जानकारी केन्द्रीय संगठन विभाग र अनुशासन आयोगलाई समेत पठाउने निर्णय गरेको छ ।


प्रतिक्रिया