देउवाले धुम्बाराहीमा भेटाए भाडाको घर, बुधबार बालुवाटार छाड्ने

देउवाले धुम्बाराहीमा भेटाए भाडाको घर, बुधबार बालुवाटार छाड्ने


ग्लोब नेपाल
4.2k
Shares

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले भाेलि बुधबार बिहान सरकारी निवास बालुवाटार छोड्ने तयारी गरेका छन् । देउवाका स्वकिय सचिव भानु देउवाका अनुसार धुम्बाराहीमा घर भाडामा लिएर सर्ने तयारी छ ।

बूढानिलकण्ठमा रहेको देउवाको घर पुनर्निर्माणको काम भइरहेकाले भाडामा नयाँ घर खोजिएको हो । ‘बुढानीलकण्ठको घर निर्माण सकिन ३/४ महिना नै लाग्छ । निजी निवासमा सर्न अहिले सम्भव छैन । अहिलेका लागि भाडाको घर खोजिएको हो’ – सचिवालयले भन्याे । देउवाले बालुवाटार छाडिसकेपछि सर्ने तयारी रहेको नवनियुक्त प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएकाे छ ।