अपूर्ण जिन्दगी

अपूर्ण जिन्दगी



मलाई म हुनलाई पनि
अरु चाहिन्छ
जसरी कोट चिटिक्क बनाउन
सियो,धागो, कैंची
र सिलाउने मास्टर चाहिन्छ
हो मलाई म हुन अरु चाहिन्छ
किनकी जसरी रोग सञ्चाे हुन
पैसा मात्र भएर हुदैन
डाक्टर, नर्स र औषधी चाहिन्छ ,
गन्तव्यको महत्व बुझ्न
खुट्टा तान्ने चाहिन्छ
कामको महत्व बुझ्न
कुरा काट्ने चाहिन्छ
मायाको महत्व बुझ्न
घृणा गर्ने चाहिन्छ
त्यसैले त म एक्लै हुँदा
आफैलाई बिर्सिन्छु
पूर्ण हुन अरु कोही चाहिन्छ

झुक्किदा कतै चौबाटोमा
सहि बाटो देखाई दिने चाहिन्छ
राम्रो गर्दा प्रशंसा गर्ने चाहिन्छ
बिराउदा बाटो थर्काउने चाहिन्छ
एक्लै उभिने आँट गर्नलाई
लडाउन खोज्ने चाहिन्छ
शाहसी भएर हिड्नलाई
कठिनाई तिर धकेल्नेहरु चाहिन्छ
हो मलाई मेरो लक्ष्यमा पुग्न
यस्तै यस्तै कोही न कोही चाहिन्छ ।
तर मलाई पूर्ण म हुन
अव्यक्त माया गर्ने तिमी चाहिन्छ ।