सुदूरपश्चिम कांग्रेस संसदीय दलको नेतामा ७ जनाको दाबी

सुदूरपश्चिम कांग्रेस संसदीय दलको नेतामा ७ जनाको दाबी


ग्लोब नेपाल
486
Shares

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेताका लागि ७ जनाले दाबी गरेका छन् । हिजाे प्रदेश उपसभापति लोकराज अवस्थीसहितका नेताहरूले बोलाएको छलफलमा १९ जना प्रदेशसभा सदस्यहरू मध्ये ७ जनाले दाबी गरेका हुन् ।

प्रदेश उपसभापति, महामन्त्रीसहितका नेताहरूसँगको छलफलमा बैतडीबाट निर्वाचित शिवराज भट्ट, कञ्चनपुरबाट निर्वाचित बहादुरसिंह थापा र दिवान सिंह विष्ट, अछामबाट निर्वाचित मेघराज खड्का, कैलालीबाट निर्वाचित प्रकाशबहादुर देउवा र कमलबहादुर शाहले दाबी गरेका थिए । छलफलमा ६ जनाको दाबीमा सहमति नजुट्दै अछामबाट निर्वाचित मानबहादुर रावलले पनि दाबी गरे । उनी प्रदेश सभामा ज्येष्ठ सदस्य हुन् ।

७ जना नेताहरूबीच दलको नेता बन्नेबारे भएको छलफलमा सहमति जुट्न नसकेपछि नेताहरू छलफलबाट बाहिरिएका थिए । मंगलबार दिउसो मात्र होइन साँझ पनि यस विषयमा अनौपचारिक छलफल भएको थियो । उक्त छलफलमा पनि निकास निस्किएन । आज बुधबार बिहान पनि छलफल गर्ने र सहमति जुट्न नसके निर्वाचन प्रक्रियामा जानेछ ।