यस्ताे छ सानिमा लाइफ इन्स्योरेन्सकाे दम्पती सावधिक जीवन बीमा योजना (विशेषता सहित)

यस्ताे छ सानिमा लाइफ इन्स्योरेन्सकाे दम्पती सावधिक जीवन बीमा योजना (विशेषता सहित)


ग्लोब नेपाल
540
Shares

काठमाडाैं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमालेख संचालनमा ल्याएको छ। छाेटाे समयमै ‘दम्पति सावधिक योजना’ प्रभावकारी भएकाे कम्पनीले जनाएको छ । यो योजनामा एउटै वीमा लेखमा श्रीमान र श्रीमतीलाई जीवन बीमा प्रदान गरिने कम्पनीले जनाएकाे छ । कम्पनीले आर्जन गरेको मुनाफामा समेत सरिक भई आर्थिक सुरक्षा तथा बचत गर्न पाईने कम्पनीले जनाएको छ।

यो योजनाको न्युनतम बीमाङ्क रकम ५० हजार रुपैयाँ छ भने अधिकतम बिमांक रकम आय श्रोतको आधारमा गर्न सकिन्छ। यसको न्युनतम प्रवेश उमेर २१ बर्ष छ, भने अधिकतम ५० बर्ष छ। न्युनतम १५ र अधिकतम ३० बर्षसम्मका लागि बीमा गर्न सकिन्छ। बीमा समाप्ति उमेर ७० बर्ष राखिएको छ।

यस योजनाका आधारभूत सुविधाहरू, प्रतिबन्धहरू र वैधानिकताः

क) न्यूनतम प्रवेश उमेर : २१ वर्ष

ख) अधिकतम प्रवेश उमेर : ५० वर्ष

ग) न्यूनतम बीमाशुल्क भुक्तानी अवधि : १५ वर्ष

घ) अधिक्तम बीमाशुल्क भुक्तानी अवधि : ३० वर्ष

ङ) परिपक्वता को अधिकतम उमेर : ७० वर्ष

च) न्यूनतम बीमाङ्क : ५०,०००।–

छ)अधिकतम बीमाङ्क : प्रस्तावकको आयस्रोतको आधारमा निर्धारण गरिने छ ।

ज)बीमाशुल्क भुक्तानी : वार्षिक/ अर्धवार्षिक/ त्रैमासिक

झ)अधिकतम उमेरको फरक (श्रीमान तथा श्रीमती) : ७ वर्ष

बीमाङ्कको आधारमा छुट

प्रति हजार बीमाशुल्क दरमा

रु २,००,०००/- देखि ४,९९,९९९/- सम्म रु १/-
रु ५,००,०००/- भन्दा माथि रु २/-
(बीमाङ्क रु. १०,०००।- गुणाङ्कमा हुनुपर्ने)

बीमाशुल्क भुक्तानी तरिकाको आधारमा छुट प्रदान :

वार्षिक भुक्तानीमा २% छुट
अर्धवार्षिक भुक्तानीमा १% छुट
त्रैमासिक भुक्तानीमा कुनै छुट तथा थप छैन

बीमाड्ढ रकम भुक्तानी पाउने अवस्था :

क) बिमालेख परिपक्वतामा आर्जित मुनाफा र बीमाङ्क रकम पति/पत्नी वा उनीहरूमध्ये कुनै एकलाई भुक्तानी गरिनेछ ।

ख) बिमालेख जारी अवधिमा पति वा पत्नी मध्ये कुनै एक को मृत्यु भयो भने जीवित लाई बीमाङ्क रकम भुक्तानी गरिनेछ ।

ग) बिमालेख जारी अवधिमा पति र पत्नी दुबैको मृत्यु भएमा आर्जित मुनाफा र बीमाङ्क सहितको भुक्तानी लाभार्थीलाई भुक्तानी गरिनेछ ।

चुक्ता मूल्य :

कम्तिमा दुइ वर्षको पुरा बीमाशुल्क तिरेको छ भने र बाँकी बीमाशुल्क तिरेको छैन भने बीमालेख स्वतः चुक्ता बीमालेखमा परिणत हुने छ । नियमानुसार चुक्ता मूल्य भुक्तानी हुने छ ।

ऋणको सुविधाः

पुरा २ वर्षको बीमाशुल्क तिरे पछि बीमालेख धितोमा राखी नियमानुसारको कर्जा रकम प्राप्त गर्न सकिने छ

समर्पण मूल्यको व्यवस्था :

पुरा २ वर्षको बीमाशुल्क तिरे पछि बीमालेखबाट समर्पण मूल्य प्राप्त गर्न सकिने छ ।

पुरक करार अन्तर्गत थप सुविधाको व्यवस्था :

क) दुर्घटना मृत्यु लाभ:

यस योजना अन्तर्गत नगन्य थप बीमाशुल्क तिरेर यो सुविधा उपयोग गर्न सकिन्छ । यदि बीमितको दुर्घटनाबाट मृत्यु भएमा बीमालेख र पुरक करारको अधिकारमा रही बीमाङ्क बरावरको थप रकम र नियमानुसारको आर्जित बोनस बीमितको कानुनी हकवालालाई एकमुष्ट प्रदान गरिने छ ।

ख) स्थायी अशक्तता तथा बीमाशुल्क छुट सुविधा

यदि बीमितको दुर्घटनाको कारण शारीरिक अंगभंग वा अशक्तता भएमा बीमालेख र पुरक करारको अधिनमा रही अशक्तता र बीमाशुल्क छुट सुविधा उपभोग गर्न सकिन्छ । यो सुविधा लिन (क) बमोजिमको दुर्घटना मृत्यु लाभ अनिवार्य लिनु पर्ने छ ।

ग) घातक रोगको सुविधा उपलब्ध भएको