मुल्य बढेसँगै सुन आयात सिफारिस रोक्का

मुल्य बढेसँगै सुन आयात सिफारिस रोक्का


ग्लोब नेपाल
108
Shares

काठमाडौं । सुनको मुल्यमा बढेसँगै पुराना गहना बेच्नेको सङ्ख्या बढेपछि सुन आयात सिफारिस तत्काललाई रोक्का गरिएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार पुराना गहना बेच्नेको भीड बढ्न थालेसँगै बजारमा नयाँ गहनाको बिक्री ठप्प भएकाले बैङ्कमा सुन थुप्रिएकाले आयात रोक्का गरिएको हो ।

नयाँ गहनाको बिक्री रोकिए पछि बैङ्कमा अहिले १ सय किलो हाराहारी सुन मौज्दात रहेको छ । बजारमा नबिक्ने र बैङ्कमा सुन थुप्रिने भएपछि सुनको आयात सिफारिस समेत रोक्का गरिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा डलर थप मजबुत बन्दै जाँदा त्यसको असर सुनमा पनि देखिएको महासङ्घको अनुमान छ ।

मूल्य अझै कति अस्थिर हुने भन्ने निश्चित नभएका कारण सुन बजार पर्ख र हेरको अवस्थामा रहेको छ । सामान्य अवस्थामा नेपाली बजारमा दैनिक १५ देखि २० किलो सुनको बिक्री हुनेगरेको भएपनि मुल्य बढेकाले अहिले बजार ठप्प रहेको महासङ्घले जनाएको छ ।