अमेरिकी संसदले ६ पटक मतदान हुँदा पनि सभामुख पाएन

अमेरिकी संसदले ६ पटक मतदान हुँदा पनि सभामुख पाएन


ग्लोब नेपाल
189
Shares

अमेरिका । अमेरिकी संसदमा ६ पटक मतदान गरे पनि सभामुख निर्वाचित हुन सकेको छैन । रिपब्लिकन नेता केभिन म्याकार्थी प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेदवार भएपनि मङ्गलबारदेखि बुधबारसम्म ६ पटक मतदान भए पनि बहुमत ल्याउन सकेनन् । अमेरिकामा सय वर्षमा पहिलोपटक सभामुखबिना नै सदन स्थगित गर्नुपर्ने घटना भएको हो ।

आज सातौं पटक सभामुख पदका लागि संसदमा मतदान हुँदैछ । सन् १९२३ पछि पहिलो पटक सभामुखको निर्वाचन भोटिङमा हुन नसकेपछि यस्तो भएको हो । नोभेम्बरमा भएको निर्वाचनपछि प्रतिनिधिसभामा रिपब्लिकन पार्टीलाई सभामुख पद पाउन सहज मानिएको थियो ।

म्याकार्थीलाई जित्नका लागि केही मत आवश्यक थियो । तर, उनले आफ्नै पार्टीमा विरोधको सामना गर्नुपरेको थियो । केभिनलाई विजयी हुन २१८ मत आवश्यक थियो । रिपब्लिकन पार्टीसँग २२२ सिट भए पनि पार्टीका करिब २० चरम दक्षिणपन्थी नेताहरु उनीहरुको विपक्षमा परेका छन् ।