सरकारकाे न्युनतम साझा कार्यक्रमलाई पूर्णता दिन कार्यदलको बैठक जारी

सरकारकाे न्युनतम साझा कार्यक्रमलाई पूर्णता दिन कार्यदलको बैठक जारी


ग्लोब नेपाल
135
Shares

काठमाडौं। सरकारको न्युनतम कार्यक्रम बनाउन जिम्मेवारी पाएको कार्यदलको बैठक बसिरहेको छ । अर्थमन्त्रालयमा जारी बैठकले सरकारको न्युनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिनेछ । एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलले आर्थिक समृद्धि र विकास तथा जनचासोको विषयलाई कार्यक्रममा समेटेको छ । 

कांग्रेससँगको गठबन्धन तोडेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसहित दलको समर्थनमा प्रधानमन्त्री बनेका छन् । यही १४ पुसमा बसेको सत्तारुढ दलको बैठकले सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रम बनाउन पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । 

कार्यदलमा एमालेबाट पौडेल, माओवादीबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल र राप्रपाबाट धवलशमशेर राणा र जसपाबाट रकम चेम्जोङ छन् ।