माध्यमिक तह, तृतीय श्रेणीमा ६ सय ८६ शिक्षक माग

माध्यमिक तह, तृतीय श्रेणीमा ६ सय ८६ शिक्षक माग


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणीमा ६ सय ८६ शिक्षक पदमा दरबन्दी खुलाएको छ । शिक्षक सेवा आयोगले २०७९ पुस २४ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगिात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारले पुस २५ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त आह्वान गरेको छ ।

नेपाली विषयमा १ सय ११ जना माग गरिएको छ । प्रदेश–१ मा ११, मधेश प्रदेशमा २२, बागमति प्रदेशमा २६, गण्डकी प्रदेशमा २५, लुम्बिनीमा १०, कर्णालीमा ९ र सुदूरपश्चिममा ८ जना माग गरिएको छ । यस्तै अग्रेजी विषयमा ८४ जना माग गरिएको छ । प्रदेश–१ मा १५, मधेश प्रदेशमा ४, बागमतिमा १३, गण्डकीमा १५, लुम्बिनीमा १२, कर्णालीमा १३ र सुदूरपश्चिमबाट १२ जना माग गरिएको छ ।

गणित विषयमा २०८ जना माग गरिएको छ । प्रदेश–१ मा सबैभन्दा बढी ६७ जना, मधेशमा १५, बागमतिमा २८, गण्डकीमा ३३, लुम्बिनी प्रदेशमा २५, कर्णालीमा २५ र सुदूरपश्चिममा १५ जना माग गरिएको छ । यस्तै विज्ञान विषयमा १९१ जना माग गरिएको छ । प्रदेश–१ बाट सबैभन्दा धेरै ५४ जना माग गरिएको छ भने मधेशबाट २४, बागमतिबाट ३८, गण्डकी प्रदेशबाट २८, लुम्बिनीबाट १५, कर्णालीबाट १९ र सुदूरपश्चिमबाट १३ जना माग गरिएको छ ।

यस्तै सामाजिक अध्ययन विषयका लागि ५४ जना माग गरिएको छ । प्रदेश–१ बाट ५, मधेशबाट २, बागमति प्रदेशबाट १३, गण्डकी प्रदेशबाट १२, लुम्बिनीबाट ७, कर्णालीबाट ६ जना र सुदूरपश्चिमबाट ९ जना माग गरिएको छ । प्रदेश–१, बागमति र गण्डकी प्रदेशका लागि अर्थशास्त्रका ८ शिक्षक माग गरिएको छ । प्रदेश–१ मा २, बागमति प्रदेशमा ४ र गण्डकी प्रदेशमा २ जनाको माग गरिएको छ ।

कार्यालय सञ्चालन तथा लेखा विषयका १५ शिक्षक माग गरिएको छ । प्रदेश–१ मा १, मधेश प्रदेशमा ३, बागमति प्रदेशबाट ५, गण्डकी प्रदेशबाट १, लुम्बिनी प्रदेशबाट ३ र सुदूरपश्चिम प्रदेशका लागि २ शिक्षक माग गरिएको छ । यस्तै सुदूरपश्चिमका लागि शिक्षा विषयको १, मधेश प्रदेशमा स्वास्थ्य शिक्षा, शुक्लयजुर्वेद संस्कृत व्याकरण विषयको १–१ जना शिक्षक माग गरिएको छ । संस्कृत व्याकरण विषयको बागमतिमा २ जना माग गरिएको छ भने संस्कृतभाषाको शिक्षक प्रदेश–१ मा २ जना, लुम्बिनीमा १ र सुदूरपश्चिममा ४ जना माग गरिएको छ । कम्प्युटर विज्ञानको शिक्षक गण्डकी प्रदेशमा १ जना र संस्कृत साहित्य विषयमा लुम्बिनीमा १ जना माग गरिएको छ ।

दरखास्त दिने अन्तिम मिति माघ २४ गते तोकिएको छ भने परीक्षा फागुन १८ गते हुने विज्ञापनमा उल्लेख छ ।