डेलिगेट भण्डारी र अनेसास ट्रष्टीबीच भेट

डेलिगेट भण्डारी र अनेसास ट्रष्टीबीच भेट


ग्लोब नेपाल
1.3k
Shares

मेरिल्याण्ड । अन्तर्राष्ट्रीय नेपाली साहित्य समाजको बोर्ड अफ ट्रष्टीको नेतृत्वले मेरिल्याण्ड राज्यका विधायक डेलिगेट ह्यारी भण्डारीसंग भेट गरेको छ। आइतवार अनेसास बोर्ड अफ ट्रष्टीका अध्यक्ष पदम बिश्वकर्मा,उपाध्यक्ष तीर्थ पाण्डेय,सचिव नारायण अधिकारी र पूर्व सचिव शिव लामिछाने डेलिगेट भण्डारीलाई भेट्न उनको कार्यालय पुगेका थिए।

भेटमा दोश्रो कार्यकालका लागि विधायकमा निर्वाचित भएकोमा अनेसास बोर्ड अफ ट्रष्टीको नेतृत्वले डेलिगेट भण्डारीलाई बधाई दिएको थियो भने भण्डारीले पनि ट्रष्टीको नव निर्वाचित नेतृत्वलाई बधाई दिएका थिए। आफुहरुको भेटमा नेपाली भाषा,साहित्य र संस्कृतिको सम्बर्द्धनमा सरकारी निकायसँग समन्वय लगायतका विषयमा छलफल भएको अनेसास बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष तीर्थराज पाण्डेयले जानकारी दिनु भएको छ। अनेसास मेरिल्याण्ड च्याप्टरको संस्थापक अध्यक्ष समेत रहेका डेलिगेट भण्डारीले मेरिल्याण्ड राज्यको सवारी चालक अनुमति सम्बन्धी परीक्षामा नेपाली भाषालाई समेत समावेश गराउन आफुले पहल गरेको स्मरण गरेका थिए। भण्डारीले अमेरिकाको मेरिल्याण्ड राज्यमा दशैं विधेयक ल्याएर दशैंको दिन बिदा दिलाउने प्रयास गरिरहेको, नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्न आफुले निरन्तर पहल गर्ने बताए।

आगामी दिनमा समेत अनेसास र भण्डारीको कार्यालय मिलेर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने वारेमा छलफल भएको पाण्डेयले जानकारी दिनुभयो ।