विराटनगर । प्रदेश १ मा सभामुख पदका लागि माओवादीका प्रदेश सभा सदस्य बाबुराम गौतमले उम्मेदवारी दर्ता गरेका छन् । सत्ता साझेदार दलहरूको तर्फबाट गौतमले सभामुखका लागि मनोनयन दर्ता गराएका हुन् । उनी ओखलढुंगा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट बिजयी भएका हुन् । एमालेका रेवतिरमण भण्डारी र माओवादीका नारायण बुर्जा मगर प्रस्तावक र राप्रपाका गोपालबहादुर विश्वकर्मा समर्थक रहेका छन् ।
कांग्रेसले भने सभामुखका लागि उम्मेदवारी नदिने भएको छ । कांग्रेस संसदीयय दलको बैठकले प्रदेश १ को सभामुखमा उम्मेद्बारी नदिने निर्णय गरेको काङ्ग्रेस दलका नेता उद्वव थापाले बताए ।
प्रतिक्रिया