६ दिनमै उठ्यो ३८ अर्ब भन्दा बढी राजश्व

६ दिनमै उठ्यो ३८ अर्ब भन्दा बढी राजश्व


ग्लोब नेपाल
162
Shares

काठमाडौं । पछिल्लो ६ दिनमै नेपाल सरकारको राजस्व खातामा ३८ अर्ब ५२ करोड ८२ लाख रूपैयाँ भन्दा बढीको राजस्व जम्मा भएको छ । पुस २० गतेसम्मको तथ्याङ्कले अघिल्लो वर्षको तुलनामा करिब २१ प्रतिशत कम राजश्व सङ्कलन भएको देखाएको थियो । त्यस यताका ६ दिनमा राजश्व सङ्कलनमा २४ प्रतिशतको वृद्धिदर देखिएको छ ।

गत वर्ष २० पुसदेखि २६ पुससम्म ३१ अर्ब ३ करोड रुपैयाँको राजस्व सङ्कलन भएकोमा चालु वर्षको यही अवधिमा ३८ अर्ब ५२ करोड रूपैयाँ भन्दा बढी राजस्व उठेको छ । आन्तरिक राजश्व विभागका अनुुसार हिजो एकै दिन १३ अर्ब २ करोड रूपैयाँ बराबरको राजस्व उठेको छ । जसमध्ये ५ अर्ब ६० करोड कर राजस्व र ७ अर्ब ३८ करोड गैरकर राजस्व उठेको छ । सरकारले चालु वर्षमा करिब १३ खर्ब रूपैयाँ र गैरकर राजस्व एक खर्ब रूपैयाँ उठाउने लक्ष्य राखेको छ ।