मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्धको युद्धका शीर्ष सैन्य कमाण्डरलाई पदबाट हटाएका छन् । राष्ट्रपति पुटिनले सैन्य प्रमुखमा नियुक्त गरिएको तीन महिनाभित्रै युसेरगेई सुरोभिकिनलाई पदबाट हटाउँदै जेनरल भ्लालेरी गेरासिमोफलाई नियुक्त गरेका छन् ।
सुरोभिकिनले युक्रेनी ऊर्जा संरचनाहरूमा हालै भएका सैन्य आक्रमणको नेतृत्व गरेका थिए । जेनरल गेरासिमोफले अब विशेष सैन्य कारबाहीले नेतृत्व गर्ने पनि राष्ट्रपति पुटिनले जनाएका छन् । पूर्वी युक्रेन आफ्नो नियन्त्रणमा लिन सफल भएको भन्ने रुसी दाबीका बीच राष्ट्रपति पुटिनले यो फेरबदल गरेका हुन् ।
यसैबीच पुटिनले रुसको बिग्रँदो अर्थतन्त्र र युक्रेनविरुद्धको युद्धमा रुसको कमजोर हुँदै गएको भूमिकाका सम्बन्धमा आक्रोश व्यक्त गरेका छन् । भिडियो कन्फरेन्समार्फत् गरिएको सरकारी बैठकका क्रममा राष्ट्रपति पुटिनले सेना र नागरिकका लागि विमानहरू खरिद गर्न नसकेको भन्दै उपप्रधानमन्त्री देनिस मान्टुरोफको आलोचना गरेका छन् ।


प्रतिक्रिया