समाजमा बलात्कारको भाष्य बडो डरलाग्दो !

समाजमा बलात्कारको भाष्य बडो डरलाग्दो !



हाम्रो समाजमा बलात्कारको भाष्य बडो डरलाग्दो बनेको देखिन्छ ! बलात्कारीलाई फाॅंसी दिने कानून बनाउनुपर्छ, तिनको लिंग काट्नुपर्छ, भन्ने जस्ता उग्र कुरा पहिला खुब सुनिन्थे, अहिले सुनिंदैनन् । किनकी यतिखेर बलात्कार आरोपितहरु पुराना हिन्दी सिनेमाका खलनायक जस्ता देखिंदैनन्, आफ्नै भाई छोराजस्ता सुकुमार देखिन्छन् । आफैंजस्ता देखिन्छन् । र, सामाजिक संजालका आएका अधिकांश टिप्पणी हेर्दा लाग्छ, यस्ता होनहार पुरुषहरु कसैगरी बलात्कारी हुन सक्तैनन् । तिनको यौन आचरण पूरापूर जायज हो ।

अर्को डरलाग्दो कुरा- खराब केटीहरु नै हुन्, तिनैले उनीहरुलाई फसाएका हुन् भन्ने मान्यता निर्माण भइरहेझैं लाग्छ, छोरीहरुको असल पनको मानक हाम्रा हजुरआमाहरुकै समय लाई बनाउन खोजिंदैछ । यो गलत त हुंदै हो, केटीहरुको स्वतन्त्र बृद्धि र विकासमा घातक पनि छ ।

त्यसैले अब छोरीहरुलाई दोष दिन छाडौं, छोराहरुलाई जिम्मेवार बनाएर हुर्काऊॅं। समय छॅंदै दुवैलाई सुसूचित गरौं ता कि भविष्यमा यस्ता दुर्घटना नहोउन् । बलात्कार सम्बन्धमा बन्दै गरेका यी गलत भाष्य परिवर्तन गर्ने जिम्मेवारी, अब अभिभावक लगायत समाजका गण्यमाण्य जनमत निर्माताहरुमा आएको छ ।

(शारदा शर्माको फेसबुकबाट)