जहाज दुर्घटना अपडेट : हालसम्म कोही जीवित भेटिएनन्, ३२ जनाको शव निकालियो

जहाज दुर्घटना अपडेट : हालसम्म कोही जीवित भेटिएनन्, ३२ जनाको शव निकालियो


ग्लोब नेपाल
270
Shares

काठमाडौं । कास्कीको पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको जहाज तीन टुक्रामा परिणत भएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार घटनास्थलमा जहाज तीन टुक्रामा परिणत भएको देखिएको छ । उनका अनुसार अहिलेसम्म घटनास्थलबाट कसैको पनि जीवित उद्धार गरिएको छैन । विमान दुर्घटनाको उद्धार गर्ने क्रममा ३२ जना यात्रुको शव निकालिएको छ ।

आइतबार बिहान १० बजेर ३३ मिनेटमा काठमाडौँबाट पोखराका लागि उडेको (एनएएनसी) जहाज अवतरणका क्रममा पोखरा विमानस्थलनजिक दुर्घटना भएको प्रहरीले जनाएको छ । जहाज सेतीको खोँचमा खसेको हो । उद्धारकार्य जारी रहेको गण्डकी प्रहरी प्रदेश प्रमुख रामदत्त जोशीले बताए । उद्धारकार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयलगायत खटिएका छन् ।

यती एयरलाइन्सको कलसाइन ९एन–एएनसी एटीआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि दुर्घटना भएको थियो । प्राधिकरणका अनुसार आठ जना विदेशी नागरिक र ६० जना नेपाली नागरिक थिए । जसमा ६२ जना वयस्क, तीन जना बालबालिका, तीन जना असक्त भएका व्यक्ति सवार थिए ।