सुर्खेत। सुर्खेतकी नन्दा गुरुङ कर्णाली प्रदेशको सभामुख बनेकी छन् । आइतबार भएको प्रदेशसभा सभामुखको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गरे ।
उनलाई गठबन्धनको मात्रै मत प्राप्त भएको हो । एमालेकी गुरुङलाई एमालेको १०, नेकपा (माओवादी केन्द्र) को १३, र राप्रपा वा एकीकृत समाजवादीको १ मत प्राप्त भएको छ । ४९ सदस्यीय सभामा ३८ जनाले भाग लिएका थिए। गुरुङ समानुपातिक कोटाबाट सांसद बनेकी हुन् ।
सत्तारुढ गठबन्धनको केन्द्रीय समीकरणले कर्णालीमा मुख्यमन्त्री माओवादी केन्द्र र सभामुख एमालेलाई भाग लगाएको थियो । सोही अनुसार एमालेले यो पटक महिला सांसदलाई सभामुखमा अघि सारेको हो ।
प्रतिक्रिया