कन्चनपुर–कमला सडक खण्डमा बेथिती

कन्चनपुर–कमला सडक खण्डमा बेथिती



काठमाडौं । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग आयोजना निर्देशनालय एडीबी सांसद राजमार्ग सुधार आयोजना कन्चनपुर कमला सडक खण्ड निर्माणको क्रममा बेथिती देखिएको छ । राष्ट्रिय गौरवको आयोजनामा सुपरभिजन कन्सल्टेन्टबाट नियुक्त नेसी विज्ञको अयोग्य र असक्षमताका कारण यो आयोजना बेथिती देखिएको हो ।

आयोजनाको पूर्वी खण्डमा पर्ने सप्तरी जिल्लाअन्तर्गतका केही नगरपालिका र गाउँपालिका क्षेत्रमा सामाजिक जनचेतनामूलक कार्यक्रमका लागि एडीबीले विनियोजन गरेको बजेट सदुपयोग नभएको स्थानीयवासीले गुनासो गरेका छन् । स्थानीयलाई पहुँचको आधारमा बोलाउने गरेको र लक्षित वर्गलाई बेवास्ता गरेको गुनासो उनीहरुको छ ।

पैसा दिन्छु भनी मान्छे पुगेन भनेर सडकमा काम गर्ने लेन्थवर्कर र टिपर ड्राइभरको समेत नाम र हस्ताक्षर गराएको तर अहिलेसम्म उक्त पैसा नपाएको सरोकारवालाले बताएका छन् । कार्यक्रममा विज्ञ अहंकारी र निजी स्वार्थ प्रेरित भएकाले शम्भुनाथ नगरपालिकाका मेयर र उपमेयर तथा केही स्थानीयले कार्यक्रम बहिष्कार गरेका थिए ।

सासेक राजमार्ग जेसी विज्ञ नभएको तर आर्थिक प्रलोभनले गर्दा सडक सुरक्षामा आफ्नाबाहेक सम्बन्धित कर्मचारीलाई निषेध गरको, मजदुरले पाउनुपर्ने सुरक्षा सामग्रीसमेत नपाएको गुनासो मजदुरहरुले गरेका छन् ।