सुर्खेत । कर्णाली प्रदेश सभाका उपसभामुखका पदमा लागि नेपाली कांग्रेस र सत्तारुढ गठबन्धनले आ-आफ्ना उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा सचिवालयमा कांग्रेसबाट इन्द्राकुमारी शाहीले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
सत्तारुढ दलबाट माओवादी केन्द्रका यशोदा न्यौपानेले पनि उम्मेदवारी दर्ता गराएकी छन् । उपसभामुखको निर्वाचन बुधबार दिउँसो १ बजेका लागि तोकिएको छ। गठबन्धनको भागबन्डामा उपसभामुख माओवादी केन्द्रको भागमा परेको छ।
प्रतिक्रिया