एजेन्सी । गुगलको मातृ कम्पनी अल्फाबेटले ठूलो मात्रामा कर्मचारी हटाउने भएको छ । कम्पनीले आज १२ हजार कर्मचारीलाई निकाल्ने घोषणा गरेको हो ।
अल्फाबेटका सीईओ सुन्दर पिचाईले खस्कँदै गएको आर्थिक अवस्थाका कारण १२ हजार पद घटाउने भन्दै कर्मचारीहरूलाई पत्र पठाएका समाचार एजेन्सी एएफपीले जनाएको छ ।
कम्पनीकाे याे निर्णयबाट अमेरिका लगायत अन्य देश प्रभावित हुनसक्ने एएफपीमा उल्लेख छ । अरु देशहरूमा भने यो प्रक्रिया पूरा हुन केही समय लाग्न सक्ने बीबीसी हिन्दीले जनाएकाे छ ।
केही दिनअघि मात्र माइक्रोसफ्टले पनि १० हजार जनालाई जागिरबाट हटाएको घाेषणा गरेकाे थियाे । मेटा, ट्वीटर लगायतका कम्पनीले ठूलो सङ्ख्यामा आफ्ना कर्मचारी कटौती गरिरहेका छन् । जसका कारण थुप्रैले रोजगारी गुमाउन परेको छ ।
प्रतिक्रिया