काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदको निर्वाचनका लागि पार्टीले राम्रो तयारी गरेको बताएका छन् ।
शनिबार उपसभामुखको निर्वाचनपछि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनबाट बाहिरिने क्रममा उनले यस्ताे बताएका हुन् ।ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीको उमेदवारका पक्षमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् ।
उनले आफूहरूले सत्तामा गठबन्धन नभई सहकार्य गरेको पनि बताए । सत्ता गठबन्धनमा आबद्ध सात दलबीच सहकार्य भएको उनको भनाइ थियो ।
त्यसक्रममा उनलाई सञ्चारकर्मीले ‘कांग्रेसले गठबन्धन भत्काउँदै छ रे नि ?’ भन्ने प्रश्न गरेका थिए । जवाफमा उनले भने, “हामीले गठबन्धन गरेकै छैन, के भत्काउने ? सहकार्य गरेको हो नि । उपसभामुख चयन भइसक्यो ।”
प्रतिक्रिया