काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको होटल सोल्टीमा हुन लागेको दुबई प्रोपर्टी मेला रोकेको छ ।
सरकारी निकायको अनुमति बिना कार्यक्रम गर्न लागेको पाइएपछि हस्तक्षेप गरिएको प्रहरीले बताएको हो । आइतबार अपराह्न खबर प्राप्त भएपछि कार्यक्रम राख्दै सञ्चालक मध्येका चार जनाको पासपोर्ट बरामद गरिएको पनि प्रहरीले बताएको छ ।
नेपालीहरुले विदेशमा लगानी गर्न नपाउने व्यवस्था रहेको भए पनि नेपालमा यस्ता मेला आयोजना हुँदै आएका छन् । यद्यपि राष्ट्र बैंकले भने यस्ता मेला आयोजना गर्न रोक लगाएको छ ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र सोही ऐनको यस बैंकले तोकिदिएको व्यवस्थाबमोजिम बाहेक नेपालमा बसोबास गर्ने व्यक्तिले कुनै पनि तरिकाले विदेशमा भुक्तानी दिनेसम्बन्धी कार्य गर्न प्रतिबन्धित गरेको उल्लेख गरेको छ ।
प्रतिक्रिया