नेपाल टी २० लिग क्रिकेट: स्पट फिक्सिङकाे आराेपमा मेहबुब र आदिल पक्राउ

नेपाल टी २० लिग क्रिकेट: स्पट फिक्सिङकाे आराेपमा मेहबुब र आदिल पक्राउ


ग्लोब नेपाल
81
Shares

काठमाडौं । हालै भएको नेपाल टी २० लिग क्रिकेटमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा २ जना खेलाडी पक्राउ परेका छन् । प्रतियोगितामो फिक्सिङ आशंका भएको भन्दै चौतर्फी आवाज उठेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले अनुसन्धान गरेको थियो । प्रहरीको अनुसन्धानको आधारमा नेपालका पूर्व राष्ट्रिय क्रिकेट मेहबुव आलम र राष्ट्रिय टिमका खेलाडी आदिल अन्सारीलाई पक्राउ गरिएको हो । उनीहरुलाई सीआईबीको टोलीले नियन्त्रणमा लिएको बुझिएको छ ।

आलम एकै खेलमा १० विकेट लिएर कीर्तिमान कायम गर्ने पूर्व खेलाडी हुन् भने अन्सारीले गत जेठमामात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

नेपाल टी २० लिगको विवादास्पद कम्पनी सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालियासँग मिलेर स्पट फिक्सिङ गरेको सीआईबी स्रोतले जनाएको छ ।