कांग्रेसले पायो प्रमुख प्रतिपक्षी दलको मान्यता

कांग्रेसले पायो प्रमुख प्रतिपक्षी दलको मान्यता


ग्लोब नेपाल
27
Shares

काठमाडौं । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको मान्यता पाएको छ । संसद् सचिवालयले कांग्रेसलाई प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले पाउने सेवा सुविधाबारे पत्र लेखेर जानकारी दिएको छ ।

संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको सेवा सुविाधासम्बन्धी ऐनअनुसार देउवाले सेवा सुविधा पाउने सचिवालयले जानकारी दिएको छ ।

प्रचण्ड सरकारलाई कांग्रेसले विश्वासको मत दिएपछि नेमकिपाले कांग्रेस पनि सत्ता पक्ष भएको भन्दै प्रमुख प्रतिपक्षी दलको मान्यता आफूले पाउनुपर्ने भन्दै संसद् सचिवालयमा निवेदन दिएको थियो । त्यसपछि कांग्रेसले पनि प्रमुख प्रतिपक्षी दलका नेताले पाउने सेवा सुविधाबारे जानकारी मागेको थियो । कांग्रेसले मागेको जानकारीको जवाफ दिँदै संस्द सचिवालयले सेवा सुविधाबारे जानकारी दिएको हो ।