घुस लिदै गरेका त्रिभुवन विमानस्थलका व्यवस्थापन शाखा प्रमुख पक्राउ

घुस लिदै गरेका त्रिभुवन विमानस्थलका व्यवस्थापन शाखा प्रमुख पक्राउ


ग्लोब नेपाल
108
Shares

काठमाडौं । त्रिभुवन विमानस्थलका व्यवस्थापन शाखा प्रमुख घुस लिदै गरेकाे अवस्थामा पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल तर्फको व्यवस्थापन शाखा प्रमुख नवौं तहका पूर्णप्रसाद चुडाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हाे ।

शाखा प्रमुख चुडाललाई घुस लिएको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएकाे छ ।

घुस रकम गणना भइरहेको र थप अनुसन्धान भइरहेको बताइएकाे छ ।