हिन्दू राष्ट्रको मुद्दा अब झन बलियो हुन्छ : उपप्रधानमन्त्री लिङ्देन

हिन्दू राष्ट्रको मुद्दा अब झन बलियो हुन्छ : उपप्रधानमन्त्री लिङ्देन


ग्लोब नेपाल
81
Shares

झापा । उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत अर्जुनधारा नगरपालिका(१ साधुटारस्थित शङ्कारचार्यपीठ वेद वेदाङ्ग संस्कृति पाठशालाको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन् ।

४५ लाखको लागतमा बनेको दुईतले, चार कोठे वेद वेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामना गौशाला भवनको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री लिङ्देनले आज उद्घाटन गरेका हुन् ।

सो अवसरमा उनले आफू सरकारमा जाँदैमा हिन्दु राष्ट्रको मुद्दा कमजोर नहुने बताए । ‘सरकारमा गएर हिन्दुत्वको मुद्दा कमजोर हुँदैन झन बलियो हुन्छ’, उनले भने, ‘हिजो चर्को कुरा गरेर हिन्दूत्वको मुद्दा उठाउँदै आएँ, अब व्यवहारमा लागू गराउँदै लैजान्छु ।’ उनले नेपालमा हिन्दु राष्ट्र हुनुपर्छ भनेर बिनास्वार्थ उभिएको बताए ।

मन्त्री लिङ्देनले आफूले भ्रष्टाचार नगर्ने र मुलुकमा सुशासन कायम गर्ने कुरामा आफू प्रतिबद्ध भएको बताए । यसैगरी शङ्कराचार्य पीठ घोषणा भएको २५ औँ वर्ष तथा रजत जयन्तीको अवसर पारेर आजै जगतगुरु शङ्कराचार्यको मूर्तिसहित रजत स्तम्भको समेत अनावरण गरिएको व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले बताए ।