शीर्ष चारमा पर्ने टोटनह्यामको सम्भावना जिवितै

शीर्ष चारमा पर्ने टोटनह्यामको सम्भावना जिवितै


ग्लोब नेपाल
54
Shares

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले फुल्हमलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा टोटनह्यामले फुल्हमलाई १–० ले पराजित गरेको हो ।

फुल्हमको मैदानमा भएको खेलमा भ्रमणकारी टोली टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले निर्णायक गोल गरे । केनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोटनह्यामलाई जित दिलाए । यो गोलसँगै केनले टोटनह्यामका लागि सर्वाधिक २६६ गोल गर्ने पूर्व खेलाडी जिम्मी ग्रेभ्सको कीर्तिमान बराबरी गरेका छन् ।

जितसँगै टोटनह्यामको शीर्ष चारमा पर्ने सम्भावना पनि जिवित भएको छ । प्रिमियर लिगमा २१ खेलबाट ३६ अंक जोडेको टोटनह्याम तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । २० खेलबाट ३९/३९ अंक जोडेका म्यानचेस्टर युनाइटेड र न्युकासल युनाइटेड क्रमशः चौथो र तेस्रो स्थानमा रहेका छन् । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ४५ अंक छ भने ५० अंकसहित आर्सनल तालिकाको शिर्ष स्थानमा रहेको छ ।

पीएसजीको जितमा एमबाप्पेको पाँच गोल
पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। गए राति भएको खेलमा पाएस डी कासेललाई ७-० गोल अन्तरले हराउँदै पीएसजी अन्तिम १६ मा पुगेको हो। पीएसजीको जितमा केलियन एमबाप्पेले ५ गोल गरे।

उनले खेलको २९ औं, ३४औं, ४०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। त्यसपछि एमबाप्पेले ५६औं र ७९औं मिनेटमा थप दुई गोल गरे। यस सिजन एमबाप्पेले सबै खाले प्रतियोगितामा २३ गोल गरिसकेका छन्। एमबाप्पे पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन्। यस्तै पीएसजीको जितमा नेयमारले ३३ औं र कार्लोस सोलेरले ६४ औं मिनेटमा गोल गरेका थिए।