काठमाडौं । संघीय संसद भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरे ।
बानेश्वरबाट तीनकुने मार्गमा मुख्य सडककै बीचमा इलामको पन्चकन्या ६ स्थायी घर भएका अन्दाजी ३६ वर्षीय प्रेम प्रसाद आचार्यले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसद भवनबाट बाहिर निस्के लगत्तै आत्मदाह गरेका हुन् ।
हाल ती व्यक्ति घाइते भएको र कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको नेपाल प्रहरीले जानकारी दिएकाे छ ।
यद्यपि घटनाको कारणबारे केही खुलेको छैन । यसबारे अनुसन्धान भैरहेकाे प्रहरीले जनाएको छ ।
प्रतिक्रिया