बाजुरा भूकम्प : केही घर भत्किए

बाजुरा भूकम्प : केही घर भत्किए


ग्लोब नेपाल
0
Shares

बाजुरा । बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर गएको भुकम्पको क्षतिको विवरण संकलन भइरहेको छ ।

बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार केही घर भत्किएका छन् भने केही घर चर्किएका छन् । प्रहरीका अनुसार बडिमालिका नगरपालिका ७ मा एउटा र ९ मा २ वटा घर भत्किएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी वडा नम्बर ६ मा एउटा विद्यालय भवन र दुई वटा घर भत्किएको छ । भूकम्पपछि टेलिफोनको नेटवर्कमा समस्या देखिएपछि विवरण संकलनमा समस्या भएको प्रहरीको भनाइ छ ।

यस्तै बझाङको चैनपुरलगायतका स्थानमा पनि भूकम्पले घरहरु चर्किएको खबर प्राप्त भएको बताइएको छ ।

मंगलबार दिउँसो बाजुराको मेला केन्द्रबिन्दु भएर दिउँसो १ बजेर ४३ मिनेटमा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
जिल्लाका विभिन्न स्थानमा हिमपात भएको र यही बीचमा भूकम्प जाँदा जनजीवन कष्टकर भएको जनाइएको छ ।

भूकम्पका धक्का कर्णाली र सुदूरपश्चिमसहित भारतसम्म महसुस भएको जनाइएको छ । सोमबार रातिदेखि वर्षासँगै हिमपात भएका कारण टेलिफोनको नेटवर्क नहुँदा क्षतिको विवरण प्राप्त गर्न नसकिएको प्रहरीले बताएको छ ।