आचार्यको मृत्युको भयानक संकेत- राज्यको चरम असफलता : मेयर शाह

आचार्यको मृत्युको भयानक संकेत- राज्यको चरम असफलता : मेयर शाह


ग्लोब नेपाल
729
Shares

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले राज्यका कारण संसद् भवन अगाडि शरीरमा आगो लगाएर आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना गरेको बताएका छन् । उपचारका क्रममा प्रेमप्रसाद आचार्यको निधन भएपछि सामाजिक सञ्जालमार्फत मेयर शाहले यो राज्य चरम असफलताको कारण हो भनेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्धारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अङ्गहरू असफल भएका छन् ।’

सत्तामा रहेकाहरू सबै समीकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा आफ्नो स्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनतर्फ लागेको उनको आरोप छ ।

सञ्चारमाध्यमहरूले पनि कसैको व्यवसाय प्रवर्द्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरू तयार गर्नुपर्नेमा अमुक व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर समाचार बनाउन व्यस्त रहेको उनको भनाई छ ।