रवि लामिछाने विरूद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ शुक्रबार

रवि लामिछाने विरूद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ शुक्रबार


ग्लोब नेपाल
135
Shares

काठमाडाैं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ शुक्रबार फेरि हुने भएको छ । बुधबार रिट निवेदक र प्रतिवादी सरकारको पक्षबाट बहसपछि यो मुद्दा हेर्दा हेर्दैमा छाडिएको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको सुनुवाइका क्रममा बुधबार सुरुमा दुईजना निवेदहरु अधिवक्ता रवि बसौला र युवराज पौडेल सफलको तर्फबाट बहस भएको थियो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको इजलासमा लामिछानेको तर्फबाट बुधबार ३ जनाले बहस गरेका छन् । अधिवक्ताहरु वरिष्ठ अधिवक्ताहरु सुनिल पोखरेल र सुशील पन्तसहित सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले लामिछानेको पक्षमा बहस गरेका हुन् । बहस नसकिएकाले अर्को सुनुवाइ शुक्रबारका लागि तोकिएको हो । यसअघि निवेदकको तर्फबाट ५ जना अधिवक्ताले बहस गरेका थिए । जसमा अधिवक्ताहरु रविराज बसौला, रमन कर्ण, डा सुरेन्द्र भण्डारी, अमृत खरेल, नीतिका ढुंगाना रहेका छन् ।